Logo
Logo

संक्रमित सांसदहरु पनि बैठकमा सहभागी हुने


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमित सांसद पनि संसद बैठकमा सहभागी हुने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन यही २७ गते संसद बैठक बोलाइएको छ । सो बैठकमा संक्रमित सांसदहरु पनि सहभागी हुने सचिवालयले जनाएको हो ।

हालसम्म सरकारका केही मन्त्रीसहित २५ जना सांसदहरुमा कोरोना पुष्टि भएको छ । उनीहरूलाई बस्नका लागि छुट्टै स्थान बनाइने बताइएको छ । सबै सांसदहरु मतदानमा पनि सहभागी हुन पाउनेछन् ।

बैठकअघि गरिएको परीक्षणमा पर्यटन मन्त्री भानुभक्त ढकाल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोसहित दुई दर्जन सांसदहरूमा कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा जारी रहेका बेला सोमबारबाट सुरू हुने विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बताएका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि राजनीतिबृत दुई धार विभाजित भएको छ ।

एमालेका बरिष्ठ नेता माधव नेपाल पक्ष, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतका दल प्रधाननमन्त्रीको विश्वासको मत फेल गराउने रणनीतिक छलफलमा छन् । यसैबेला कोरोना संक्रमितलाई समेत मतदानमा सहभागी गराउने तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्