Logo
Logo

कांग्रेसले प्रधानन्त्रीलाई विश्वासको मत नदिने, आफ्नै सरकार बनाउने


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने नेपाली कांग्रेस संसदीय दलको बैठकले निर्णय गरेको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । संसदीय दलको बैठकले पार्टी केन्द्रीय कार्यसमितिले चैत २१ गते गरेको निर्णयलाई निरन्तरता दिएको हो ।

प्रधानमन्त्रीले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक खाँडले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्