Logo
Logo

५ सय शय्याको ‘युनिफाइड कोभिड–१९ अस्पताल’ बनाइने


दृष्टि संवाददाता


काठमाडौँ । वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने सरकारले निर्णय गरेको छ ।

अस्पतालको नयाँ भवनलाई सुरुवातमा ५ सय शय्याको युनिफाइड कोभिड–१९ अस्पताल बनाउने बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । यस अस्पतालले कोभिडविरुद्धको लडाईंमा रहेका देशभरका अस्पतालको कमान्ड गर्ने बताइएको छ ।

युनिफाइड कोभिड–१९ अस्पताल संचालनका लागि मन्त्रिपरिषद्ले ‘कोभिड–१९ केन्द्रीय अस्पताल सञ्चालन आदेश, २०७८’ समेत पास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्