Logo
Logo

संवैधानिक पषिद बैठक जारी, चौतर्फी आलोचनाबीच प्रधानन्यायधीश सहभागी


दृष्टि संवाददाता


काठमाडौं । चौतर्फी आलोचना र विरोधकाबीच संवैधानिक पषिदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको बिषयमा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री केपी ओलीकाे अध्यक्षतामा जारी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन् । प्रधानमन्त्री ओलीले यसअघि नै बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्न सक्ने अध्यादेश जारी गरी आफू अनुकूल बनाएका छन् ।

विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने बैठकमा सहभागी छैनन् । देउवा र प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई पनि बैठकमा सहभागी नहुन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्