Logo
Logo

सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाए


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । समितिको बैठक आज दिउँसो एक बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे बोलाइएको विशेष अधिवेशनको तयारी र सम्भावित कार्यसूचीबारे छलफल हुने बताइएको छ ।

कोरोना महामारीबीच अधिवेशन हुन लागेकाले स्वास्थ्य सुरक्षाको हिसाबले बैठकलाई कसरी व्यवस्थित बनाउने, संक्रमित सांसदहरुलाई कसरी ल्याउने–लैजाने व्यवस्था मिलाउने, कसरी र कुन ठाउँमा मतदानको व्यवस्था मिलाउने जस्ता विषयहरु परामर्श समितिको बैठकमा छलफल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्