Logo
Logo

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, ४० सांसदको हस्ताक्षर (पत्रसहित)


दृष्टि संवाददाता


काठमाडौं । बहुमत गुमाए पनि प्रदेश प्रमुख आफ्नै कार्यकक्षमा बोलाएर मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका माुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा नेपालका ४० जना सांसदकाे हस्ताक्षरमा पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।

यसअघि एमालेकै माधव नेपाल पक्षका सांसदबाट ‘फ्लोर–क्रस’ हुने डरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै वैशाख १९ गते पदबाट राजीनामा दिएका थिए । सोही दिन मुख्यमन्त्रीको शपथ लिएका थिए ।

अल्पमतमा भए पनि मुख्यमन्त्रीको शपथ खुवाएको भनेर विपक्षी सांसदहरुले विरोध गरे पनि सुरक्षाकर्मी परिचालन गरेर मुख्यमन्त्री पोखरेलले शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्