Logo
Logo

युरोपियन युनियनको कालोसूचीमा १५ देश


- दृष्टि न्युज/संवाददाता


ब्रसेल्स, २९ फागुन (एएफपी) । युरोपियन युनियन ‘इयु’ले करको कारण कालोसूची रहेको देशको संख्यामा बृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका १० देशलाई कालोसूचीमा राखेको बताइएको छ ।
युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो । अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको संख्या १५ पुगेको छ ।
सन् २०१७ बाट युरोपियन युनियनले कालो सूचीमा राख्ने प्रक्रिया शुरु गरेको थियो । पनामा पेपरस र लक्सलिक्स जस्ता भष्ट्राचारी काण्डलाई सन् २०१७ मा समेटिएको थियो । युरोपियन युपियनले अन्य सात राष्ट्रलाई भने खैरो सूचीमा राखेको जनाएको छ । अरुबा, बेलिज, बरमुडा फिजी, ओमन, भानुआतु र डोमिनिका खैरो सूचीमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्