Logo
Logo

गण्डकीमा सत्ता संकट : जनमोर्चाका सांसद नयाँ सरकार गठनको विपक्षमा


दृष्टि संवाददाता

2.3k
Shares

पाेखरा । गण्डकी प्रदेशसमा नयाँ सरकार गठनको लागि जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापाले कांग्रेस-माओवादी-जसपा गठबन्धनलाई साथ नदिने भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार बनाउन दिएको अवधि बुधबार सकिँदैछ ।

नयाँ सरकार गठनको प्रयत्न गरिरहेको विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित सोमबार नै दाबी गर्ने तयारी गरिएको थियो । तर, जनमोर्चाका संसदीय दलका नेता थापाले हस्ताक्षर गर्न नमानेपछि कांग्रेस-माओवादी-जसपाको तयारीले मूर्त रुप पाउन सकेन ।

बहुमतका लागि राष्ट्रिय जनमोर्चाको तीन प्रदेशसभा सदस्यको पनि हस्ताक्षर चाहिन्छ । माओवादी केन्द्रका प्रदेश सभा सदस्य दीपक कोइरालाका अनुसार अहिले २८ जनाको हस्ताक्षर तयार भइरहेको छ ।

राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति नयाँ सरकार गठनको पक्षमा छ भने सचेतक पियारी थापाले हस्ताक्षर गर्न ह्वीप पनि जारी गरेका छन् । तरपनि प्रदेशसभा संसदीय दलका नेता समेत रहेका थापाले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

गण्डकीमा कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा जनमोर्चाका सदस्यले हस्ताक्षर नगर्दा विपक्षीलाई सरकार बनाउन सांसद संख्या पुग्दैन ।

यदि प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समय सीमाभित्र दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने ठूलो दलको सरकार बन्ने अवस्था आउँछ । ठूलो दल एमाले हो । २७ सांसद रहेको एमालेका संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ पुनः सोही पदमा दोहोरिन सक्छन् ।

संविधानको १६८ )२० अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार बन्न नसके १६८ ९३० मा सरकार बनाउने विकल्प प्रवेश हुन्छ। १६८ (३) अनुसार संसदको ठूलो दलले सरकार बनाउने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्