Logo
Logo

कोरोनाबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीशको निधन


दृष्टि संवाददाता



काठमाडौं । कोरोना संक्रमित काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको निधन भएको छ । उपचारको क्रममा टेकु अस्पतालमा श्रेष्ठको निधन भएको हो ।


उनी दुई साताअघि संक्रमित भएका थिए । स्वास्थ्य बिग्रदै गएपछि आइसियुमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्