Logo
Logo

भेटवार्ताका लागि माधव नेपाललाई केपी ओलीको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालललाई भेटवार्ताका लागि आग्रह गरेका छन् । ओलीले नेपाललाई टेलिफोन संवादमामार्फत भेटवार्ताको आग्रह गरेका हुन् ।

एमाले नेता सुवास नेम्बाङका अनुसार ओलीले नेपाललाई भेटको प्रस्ताव गरेता पनि नेपालले भने दुई घण्टापछि मात्र कुरा गर्ने प्रतिकृया दिएका छन् । आन्तरिक छलफलमै रहेका कारण नेता नेपालले अहिले नै ओलीसँग नभेट्ने प्रतिकृया दिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको संयुक्त सरकार गठनका लागि आह्वान गरेको समय आज सकिदैछ ।

माधव समूहले ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्न सामूहिक राजीनामा दिने हल्ला चलिरहेको बेला ओलीले नेपाल समूहसँग छलफललाई तीब्रता दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्