Logo
Logo

कारबाही फिर्ता सकरात्मक : नेता पाण्डे


दृष्टि संवाददाता



काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूसहित चार नेतामाथिको कारवाही फुकुवालाई सकरात्मक निर्णय भनेका छन् । बिहीबार एमालेको स्थायी कमिटी बैठकले बरिष्ठ नेता माधव नेपालसहित चार नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । जसमा नेता पाण्डेसमेत छन् ।

अनलाइन पोर्टल नेपाल प्रेसलाई दिएको प्रतिक्रियामा उनले ‘कारवाही फिर्ता लिने निर्णय सकारात्मक रहेको’ बताएका छन् । उनले अब अरु विषय पनि सकारात्मक ढंगले अध्यक्ष केपी ओलीले हल गर्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्