Logo
Logo

बबरमहलमा ठाकुर पक्षको छुट्टै भेला


दृष्टि संवाददाता

8.3k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूनिकट सांसदहरूको छलफलमा बोलाएका छन् । उनले अहिले बबरमहलस्थित पार्टी कार्यालयमा सांसदहरूलाई बोलाएको जसपाका एक नेताले बताए ।

केही बेरअघि मात्र अध्यक्ष ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । देउवालाई भेट्न ठाकुर र नेता राजेन्द्र महतो बुढानिलकण्ठ पुगेका थिए । बबरमहल बैठकमा उपेन्द्र यादव पक्षका सांसदहरूलाई भने खबर गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्