Logo
Logo

उत्कर्षमा एमाले विवाद, ओली-नेपाल निर्णायक वार्तामा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता शुरु भएको छ ।

काठमाडौंकाे बुढानिलकण्ठ स्थित एक व्यवसायीको घरमा ओली–नेपाल वार्ता सुरु भएको बताइएको छ । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय सकिन लाग्दा अध्यक्ष ओलीको विशेष पहलमा भेटवार्ता भएको हो ।

अध्यक्ष ओली २०७५ जेठ २ गतेको अवस्थामा नफर्के सामूहिक राजीनामा दिने माधव नेपाल समूहले बताइसकेको छ । माधाव समूहले सामूहिक राजीनामा दिने खतरा बढेपछि अध्यक्ष ओलीले आजै वरिष्ठ नेता मावकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेका थिए । लगत्तै ओलीले भेटवार्ताका लागि माधव नेपाललाई प्रस्ताव गरेपछि अहिलेको भेट तय भएको हो ।

प्रतिक्रिया दिनुहोस्