काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठमा छलफलमा जुटेका छन् ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालवीच बूढानीलकण्ठकै वार्ता चलिरहँदा माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा सकिनै लाग्दा दलका शीर्ष नेताहरुले भेटघाट र छलफललाई तीव्र बनाएका हुन् । अहिले बबरमहलमा सरकार गठनकै विषयमा जसपाका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पक्षको छुट्टै भुला गरेका छन् । यसअघि ठाकुरले प्रधानमन्त्री ओली र देउवासँग पनि छलफल गरेका थिए ।
नयाँ गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै राती ९ बजे सकिँदैछ ।












