Logo
Logo

युवा संघले एकसाता औपचारिक कार्यक्रम नगर्ने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले संघका पुर्व अध्यक्ष पशुपति चौलागाईको निधन प्रति शोक व्यक्त गर्दै उनको सम्मानमा तीन दिनसम्म संघको झण्डा आधा झकाउँने, सम्पुर्ण कार्यालयहरु बन्द गर्ने र सात दिनसम्म संघको कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

संघका पुर्व अध्यक्षको निधनको यस दुखत घडीमा क. पशुपति चौलागाई प्रति सम्मान गर्दै ३ दिन सम्म संघको झण्डा आधा झुकाउने, सम्पुर्ण कार्यालयहरु बन्द गर्ने र ७ दिन सम्म संघका कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरिएको संघका अध्यक्ष नरेश शाहीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमालेका पोलिटब्युरो सदस्य समेत रहेका चौलागाई बागमती प्रदेशसभाका सांसद समेत थिए । गत २८ बैशाखमा उनको कोभिड–१९ को उपचारको क्रममा काठमाण्डौं स्वयम्भु स्थित मनमोहन अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्