बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतकमध्ये ५ जना बाँके, १÷१ जना बर्दिया, सल्यान र कैलालीका छन् ।
भेरी अस्पतालमा उपचाररत खजुरा गाउँपालिका–१ बाँकेकी ६४ वर्षीया महिलाको बिहीबार ५ बजे, बाँकेकै बैजनाथ गाउँपालिका–६ की ३५ वर्षीया महिलाको शुक्रबार विहान १ः१५ बजे, खजुरा गाउँपालिका–३ की ७५ वर्षीया महिलाको शुक्रबार विहान २ बजे मृत्यु भएको छ ।
यस्तै, नेपालगञ्ज उपमहानगरपालिका–५ की ६१ वर्षीया महिलाको शुक्रबार विहान १ बजे तथा कोहलपुर– बाँकेकै २८ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार ९ बजे राति मृत्यु भएको छ ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत लम्कीचुहा–९ कैलालका ४० वर्षीय पुरूषको बिहीबार साँझ ६ः१० बजे मृत्यु भएको छ भने भेरी अस्पतालमा उपचाररत कुमाख गाउँपालिका–१ सल्यानका ६७ वर्षीया महिलाको बिहीबार साँझ ७ः३० बजे र मधुबन नगरपालिका ६, बर्दियाका ५९ वर्षीय पुरूषको शुक्रबार बिहान ४ बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २२२ पुगेको छ भने अन्य जिल्ला बाहिरका १६७ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।











