Logo
Logo

इजरायली प्रधानमन्त्री बेन्जामिनद्वारा कारबाही जारी राख्ने दृढता


दृष्टि संवाददाता


काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा प्यालेस्टिनीहरूको आक्रमणप्रति कडा प्रतिक्रिया दिन जारी राख्ने बताएका छन् ।

द्वन्द्व चर्किएको सातौँ दिन पुग्दा आइतवार बिहानै गाजामा इजायली सेनाको हवाई आक्रमणमा परी कम्तीमा ३ प्यालेस्टिनीहरूको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

प्यालेस्टिनी विद्रोहीहरूले तेल अभिभतिर रकेट प्रहार गरेपछि उनीहरू बमबाट बच्ने क्षेत्रतिर लागेको अन्तर्राष्ट्रिय सञ्चारमध्यले उल्लेख गरेका छन् । प्यालेस्टाइन विद्रोही र इजरायलको चर्कँदो युद्धलाई अन्तर्राष्ट्रिय समुदायले अन्त्य गर्न आग्रह गरेको छ ।

शनिबार अमेरिकी राष्ट्रपति जो बाइडनले नेतान्याहू र प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासलाई टेलिफोन गर्दै चिन्ता जाहेर गरेका थिए । गत सोमबार लडाइ शुरू भएयता कम्तीमा गाजामा १४८ जना मानिसहरूको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । इजरायलमा दुई बच्चासहित १० जना मारिएको बताइएको छ ।

इजरायलले गाजामा मृत्यु भएकामध्ये दर्जनौँ लडाकुहरू रहेको दावी गरेको छ । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले मृतकमध्ये ४१ जना बालबालिका रहेको बताउँछन् ।

टेलिभिजनमार्फत बोल्दै प्रधानमन्त्री नेतान्याहूले ‘आवश्यक परेसम्म’ कारबाही जारी रहने भन्दै नागरिक नपरुन् भनेर हर सम्भव प्रयास जारी रहेको बताएका छन् ।

पूर्वी जेरुसलेममा इजरायली र प्यालिस्टिनीबीच तनाव बढ्दै गएपछि गत ६ दिनदेखि हिंसा चर्किएको छ । गाजामा नियन्त्रण जमाएको प्यालिस्टिनी विद्रोही समूह हमासले त्यहाँबाट इजरेली फौज हटाउन चेतावनी दिँदै आक्रमण गरेपछि प्रत्याक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्