Logo
Logo

सीसीएमसीको बैठकमा प्रधानमन्त्री


दृष्टि संवाददाता

4.3k
Shares

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । बैठक अहिले पनि जारी छ ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला डाकिएको बैठकले महामारी नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, निजी क्षेत्र तथा सरोकारवालासँग कोरोना नियन्त्रणका लागि गर्नुपर्ने विषयमा परामर्श लिएका थिए ।
सीसीएमसीको बैठक सक्नेवित्तिकै प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमै भेटवार्ता गर्दैछन् । आज हुने भेटवार्ताले पार्टीभित्रको विवाद समाधान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्