Logo
Logo

विश्वकप छनोट र इराकसँग खेल्ने राष्ट्रिय टिमको घोषणा


दृष्टि संवाददाता


काठमाडौं । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्य नेपाली टिमको घोषणा गरेका हुन् ।

बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अलमुताईरीले २३ सदस्सीय नेपाली टिम छनोट गरेका हुन् । प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठुलो परिवर्तन गरेका छन् ।

नेपाली टिमका नियमित सदस्य भरत खवास, रंजित धिमालसहित अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन् ।

सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । नेपालले यहिँ मे २९ मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्