Logo
Logo

बन्द रहेको अक्सिजन प्लान्ट सुचारू गर्न ध्यानाकर्षण


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला कार्य समितिले पाटन स्वास्थ विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट संचालन सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

नयाँ भेरियन्ट कोरोना भाईरसको संक्रमण तिव्र रुपमा बढ्दै गएको अवस्थामा अक्सिजनको चरम अभाव भए पछि लामो समय देखि बन्द रहेको पाटन अस्पतालमा रहेको अक्सिजन प्लान्ट चाँडो भन्दा चाँडो सुचारु गर्नका लागि सो ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपाल सरकार र ललितपुर महानगपालिका बाट करौंडो बजेट बिनियोजित भएको र अन्य विभिन्न संघसंस्थाहरुबाट समेत रकमहरु प्राप्त गरेपनि अस्पतालमा रहेको अक्सिजन प्लान्ट संचालन नभएको र मर्मत संभार कार्यमा ढिलासुस्ती भएको भनी व्यापक जन गुनासोहरु आएपछि पाटन अस्पतालको निर्देशक डा. रवि शाक्यलाई उक्त ध्यानाकर्षण पत्र बुझाएको राष्ट्रिय युवासंघ ललितपुरका संयोजक चिन लामाले बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै निर्देशक शाक्यले पाटन अस्पतालको कोभिड बिरामीहरुको लागि बेड क्षमता ३०० भन्दा माथि भए पनि अक्सिजनकै अभावले गर्दा हाल २०० को हाराहारीमा मात्र अस्पतालले बिरामी भर्ना लिईरहेको कुरा बताउनु भयो । अस्पतालको प्रशासन र व्यवस्थापनमा रहेको कमि कमजोरीलाई हटाई यथाशीघ्र नयाँ अक्सिजन प्लान्ट जडान गरि संचालनमा ल्याईने समेत डा। शाक्यले बताए ।

कार्यक्रममा कोभिड नियन्त्रणको लागि आवश्यक परेमा आफूहरु स्वयसेवकीय भूमिका निर्वाह गर्दै अस्पतालाई सहयोग गर्न तयार रहेको संयोजक लामाले बताए ।

कार्यक्रममा राष्ट्रिय युवासंघका केन्द्रीय सचिवालय सदस्य पृथविन्दु महर्जन, केन्द्रीय सदस्य राजु श्रेष्ठ, जिल्ला नेताहरु माधव श्रीमाली, शम्भु तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्