Logo
Logo

आज पनि बस्दै एमाले कार्यदल बैठक


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको आज पनि बैठक बस्दैछ । यसअघि मंगलबार सिंहदरबारमा पहिलो बैठक बसेको थियो ।

मंगलबारको बैठकले ठोस निर्णय गर्न सकेन । मंगलबारको बैठकले पार्टी पंक्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गरेको छ ।

आज बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ ७ बजे लागेको हो । बैठकमा कार्यदलको कार्यविधि, आचारसंहिताबारे छलफल गर्ने नेता माधव नेपाल पक्षका कार्यदल सदस्य भीम रावलले बताएका छन् । आज बस्ने बैठकले कुनै ठोस निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ ।

पार्टी भित्रको आन्तरिक विवाद समाधान गर्न गएको आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले कार्यदल बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्