Logo
Logo

शंकर ग्रुप र इन्फिनिटी होल्डिङको सहयोग शृंखला सुरु


दृष्टि संवाददाता


काठमाडौं । कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै व्यापारिक समूह शंकर गु्रप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको शृंखला सुरु गरेका छन् । दुवै समूहले संयुक्त रूपमा हालसम्म साढे ३ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपंक्तिमा खटिएका जनशक्तिलाई हस्तान्तरण गरिसकेका छन् ।

शंकर र इन्फिनिटीले काठमाडौंको वीर र सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोग अग्रपंक्तिमा खटिएका दुई सामाजिक संस्थामार्फत केही सामग्री हस्तान्तरण गरिसकेको र केही सामग्री एक–दुई दिनमै हस्तान्तरण गर्ने जनाइएको छ । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोगको यो शृंखला निरन्तर सञ्चालन रहने बताए । यस मानवीय संकटमा अधुरा र उधारो वाचाभन्दा अहिलेको तत्काल आवश्यकताको पूर्तिका लागि आपूmहरू सक्रिय रहेको उनीहरूको भनाइ छ ।

समूहका अनुसार केही दिनमै धनगढीको सेती प्रादेशिक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको छ । फ्रान्सबाट एयरलिफ्ट गर्न थालिएको नोभाएयर मेडिकल्स कम्पनीको अक्सिजन प्लान्टले ४५ शøयामा ‘हाई फ्लो’ र दैनिक ७ सय लिटर अक्सिजन उत्पादन गर्ने समूहले जनाएको छ ।

दुवै कम्पनीले पहिलो चरणमा वीर अस्पतालको नयाँ भवनमा ५० शøयाका साथै त्यसका लागि आवश्यक म्याट्रेस, तन्ना, सिरानी र त्यसको खोललगायतका सामग्री हस्तान्तरण गरेको जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि १ सय शøयाका साथै त्यसका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको जनाइएको छ । कम्पनीले काठमाडौंमा सामाजिक संस्था हामी नेपाल र सुदूरपश्चिम प्रदेशमा ह्युम्यानिटी फाउन्डेसनमार्फत सहयोग हस्तान्तरण गर्दै आएको जनाएको छ ।

शंकर र इन्फिनिटीले चीनबाट मगाएका ५ सय २० थान भल्भ्स र रेगुलेटरसहितका अक्सिजन सिलिन्डर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई एक–दुई दिनमै हस्तान्तरण गर्ने जनाएका छन् ।

यस्तै, रुपन्देहीमा अग्रपंक्तिमा खटिएका जनशक्तिका लागि ५० हजार मास्क उपलब्ध गराइएको छ । यो समूहले सुदूरपश्चिम प्रदेशका लागि ३ सय २० थान र एपिएफ अस्पताल तथा कर्णाली प्रदेशमा एक–एक सय थान सिलिन्डर हस्तान्तरण गर्ने जनाएको छ ।

समूहले सुदूरपश्चिम प्रदेशका लागि डेढ लाख थान मास्क, २ सय थान पिपिई सेट प्रदान गरिसकेको छ । यसअघि उक्त समूहले वीर अस्पतालमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र जोखिम मोलेर स्वयंसेवामा खटिएका हामी नेपालका स्वयंसेवकका लागि २ सय ५० पिपिई सेट, २ सय फेससिल्ड र ५ हजार मास्क दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्