Logo
Logo

भाउजूको हत्या आरोपमा यादव पक्राउ


दृष्टि संवाददाता

567
Shares

विराटनगर । आफ्नै भाउजू २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रंगेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

रंगेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मंगलबार विवाद भई घाँटी आगाडिको भागमा धारिलो हतियार दाउले हानेर हत्या गरेको प्रहरी प्रवक्ता मानबहादुर राईले आज जानकारी दिए । अभियुक्तलाई बिहीबार बिहान रंगेली प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्