Logo
Logo

प्रधानमन्त्री ओलीलाई देउवाको १५ बुँदे ध्यानाकर्षण पत्र


दृष्टि संवाददाता


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी र खोप खरिदमा भएको अनियमितता सम्बन्धी छानविन गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सभापति देउवाले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा जनतलाई कोरोना संक्रमणबाट सुरक्षित राख्न देउवाले पत्रमार्फत ध्यानाकर्षण गराएका हुन् । सभापति देउवासँग नेता कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता डा. रामशरण महतलगायत नेता सिंहदरबार पुगेका थिए ।

प्रधानमन्त्रीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, एमाले नेता सुवास नेम्वाङलगायत थिए ।

कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन देउवाको माग छ । साथै, खोप खरिद लगायतमा देखिएका अनियमितता छानविन गर्न समेत कांग्रेलिे माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्