Logo
Logo

प्रधानमन्त्रीको प्रश्न- राष्ट्रपतिलाई किन महाभियोग लगाउने ?


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेका छन् । शुक्रबार सम्पादकहरुसँग छलफलमा राष्ट्रपतिको विरोध गरिएको भन्दै असन्तुष्टि जनाए ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको बचाउ गर्दै भने, ‘मैले गरेको सिफारिसप्रति म जवाफदेही छु । अहिले पनि म जवाफदेही छु । राष्ट्रपतिलाई दोष किन ?’

प्रधानमन्त्री ओलीले ‘राष्ट्रपति गणतन्त्रको प्रतीक’ भएको बताउँदै राष्ट्रपतिको विरोध गर्नेहरुले गणतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपतिको हुर्मत लिने र अपमान गर्ने काम भएको छ । यसले राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भयो ।’ प्रधानमन्त्री ओलीले विरोध गर्नेहरुले राष्ट्रपतिको संवैधानिक काम कर्तव्य नबुझेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्