Logo
Logo

माधव समूहको हस्ताक्षरसहित प्रधानमन्त्री दावी गर्ने विपक्षीको तयारी


दृष्टि संवाददाता


काठमाडौं । विपक्षी दलको छलफल सिंहदरबारमा जारी छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समहूको बैठकमा वैकल्पिक सरकार गठनका विषयमा छलफल चलिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि तोकेको समय दुई घन्टा मात्र बाँकी रहेको बेला विपक्षी दल छलफलमा जुटेका छन् ।

जानकारीअनुसार नेकपा एमालेको माधवकुमार नेपाल पक्षका संदसको समेत हस्ताक्षरसहित प्रधानमन्त्री दावी गर्ने विषयमा छलफल चलिरहेको छ । शीर्ष नेताको छलफल सुरु हुनुभन्दा अगाडि दोस्रो तहका विपक्षी नेता माधव समूहका नेतासँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्