Logo
Logo

विपक्षी गठबन्धनलाई उछिन्दै ओलीद्वारा प्रधानमन्त्री दावी


दृष्टि संवाददाता

3.7k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन् ।

शुक्रबार विपक्षी गठबन्धन दलले दावी पेस गर्नु अघि उनले १३७ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

एमालेका १२१ र जसपाका १६ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरेको प्रधानमन्त्री ओली स्रोतले जनाएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्रसहित शीतल निवासमा पेश गरिएको बताइएको छ । ओली दाबी प्रस्तुत गरेर शीतल निवासबाट बालुवाटार फर्किसकेका छन्

प्रतिक्रिया दिनुहोस्