Logo
Logo

बिवाइडीद्धारा १० लाख विद्युतीय गाडी उत्पादन, युरोपमा कम्पनी विस्तार गर्दै


दृष्टि संवाददाता


काठमाडौं । विद्युतीय गाडी उत्पादन गर्ने कम्पनी बिवाइडीले इतिहास रचेको छ । कम्पनीले हालसम्म १० लाख विद्युतीय गाडी उत्पादन र विक्री गरेर इतिहास रचेको हो ।

चीनको सेन्जेन प्रान्तमा विवाइडीले विशेष कार्यक्रम गर्दै ऐतिहासिक क्षणमा १५ सय विद्युतीय गाडी नर्वेमा वितरण गर्ने तयारी गरेको छ ।
नर्वेमा वितरण गरिने विद्युतीय गाडीले कम्पनीका लागि युरोपियन मुलुकमा व्यापार विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । कम्पनीले यो सँगै विद्युतीय बस पनि युरोपमा विस्तार गर्ने तयारी गरेको छ ।

विशेष समारोहमा बेइजिङका लागि नर्वेजीयन राजदूत, बिवाइडीका प्रमुख वाङ च्वाङफु, कम्पनीका एक सय गाडी प्रयोगकर्ताको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्