काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । युवा नेता जीवन राई अध्यक्ष रहेको सो दलको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)’ राखिएको छ ।

अनेरास्ववियूका पूर्वविद्यार्थी राई माधव पक्षका हुन् । यही ७ वैशाखमा दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएका छ । तर, दल दर्ताको प्रमाण पत्र भने दिन बाँकी रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।
२५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा जीवन राई, कल्पना गुरुङ उपाध्यक्ष, बिनोदकुमार खुलाल महासचिव, ऐन बिक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहेका छन् ।
दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । राईले आफु अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी दर्ताका लागि आयोगमा निवेदन स्वीकारका छन् । राईले कतिपयले एमालेको माधव नेपाल समुहको निर्देशनमा पार्टी दर्ता गरेको भनेर आशंका गरेपनि आफुले स्वतन्त्र ढंगले दर्ता गरेको दावी गरेका छन् ।
यसअघि नेता नेपालले नयाँ पार्टी खोल्न बाध्य अबस्थामा पुगेको आशय व्यक्त गरेका थिए ।











