Logo
Logo

प्याव्सन केन्द्रीय अध्यक्ष पुरी सम्मानित


- दृष्टि न्युज/संवाददाता


विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालको १४औँ महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मतिमा निर्वाचित हुनुभएका टीकाराम पुरीलाई आज यहाँ सम्मान गरियो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्याव्सन नगर समितिद्वारा आयोजित कार्यक्रममा अध्यक्ष पुरी, सचिव राजेशकुमार दास तथा सदस्यद्वय हेमन्त कार्की र लेखनाथ भट्टराईलाई सम्मान गर्नुभयो ।

सो अवसरमा प्रमुख पराजुलीले राज्यले उठाएको सामाजिक दायित्वलाई प्याव्सनले पूरा गरी समाजमा सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिँदै निजी क्षेत्रको पूँजी संरक्षण गर्नु हामी सबैको कर्तव्य हो भन्नुभयो ।
उहाँले सुशासन, पारदर्शी र भ्रष्टाचारमुक्त महानगरपालिका बनाउन क्रियाशील रहेको चर्चा गर्दै आफूले महानगरबाट पाउने सुविधा र पारिश्रमिक विद्यालय सुधार, गरीब विद्यार्थी छात्रवृत्ति र सामाजिक क्षेत्रमा खर्च गरिरहेको जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष पुरीले विराटनगरलाई शैक्षिक केन्द्र कायम राख्न निजी क्षेत्रले ठूलो भूमिका खेलेकोे बताउँदै शैक्षिक क्षेत्रको विकासबाट मुलुकमा दक्षजनशक्ति उत्पादनमा प्याव्सन सदैव लागिपर्ने दृढता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्