Logo
Logo

कोरोनाबाट वडाध्यक्ष शिगूको मृत्यु


दृष्टि संवाददाता

945
Shares

पाँचथर । कोरोनाभाइरस संक्रमण भई उपचाररत हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा बिहीबार बिहान निधन भएको छ ।

दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई आज बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरे । शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

‘परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ’, अध्यक्ष लिङ्देनले भने, ‘झापामै शव व्यवस्थापन हुन्छ ।’ कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

शरीरमा अक्सिजनको मात्रा बढ्न नसकेपछि लामो समय उहाँलाई बिएण्डसी अस्पतालको सघन उपचारकक्षमा राखी उपचार भइरहेकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्