Logo
Logo

काँग्रेस नेता सिटौला आईसीयूमा भर्ना


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ।नेपाली काँग्रेस नेता कृष्ण प्रसाद सिटौला अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार मण्डिखाटारस्थित हेम्स अस्पतालमा भर्ना गरिएको छ । सिटौलाको हेम्स अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनीमा हेमोग्लाबिनको कमी देखिएको छ । अस्पताल स्रोतले भन्यो, ‘उहाँमा हेमोग्लोबिनको कमी देखिएको छ, थप स्वास्थ्य रिपोर्ट आउने क्रममा रहेको छ।’

प्रतिक्रिया दिनुहोस्