Logo
Logo

१९५ वटा भरेको अक्सिजन सिलिन्डर संकलन


दृष्टि संवाददाता


काठमाडाैं ।  नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १९५ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ।

सङ्कलन गरिएका सबै सिलिन्डर मंगलबार कोभिड अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ।

प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म १० हजार ५४५ वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र अक्सिजन प्लान्ट उद्योगलाई बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्