Logo
Logo

भारतसँगको असमझदारी हट्यो : प्रधानमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)लाई सरकारमा भित्र्याएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको असमझदारी हटेको बताएका छन् ।

बीबीसी हिन्दीसँगको अन्तरवार्तामा प्रधामन्त्री ओलीले छिमेकी देशहरुमा प्रेम र समस्या हुनु स्वभाविक भएको बताउँदै भारतसँगको असमझदारी हटेको बताएका हुन् । अन्तरवार्तामा प्रधामन्त्री ओलीले भनेका थिए– ‘कहिलेकाहीँ असमझदारीहरु थिए । तर अब ती असझदारी हटेको छ । हामी त्यसैमा अल्झिएर बस्नु हुँदैन ।’

भारतसँग नजिक सम्बन्ध राख्ने शक्ति जसपा सरकारमा सहभागी भएको दिन दिएको अन्तरवार्तामा भारतसँगका असमझदारी हटेको भनेर प्रधामन्त्रीले बोल्नु संयोगमात्र नरहेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्