Logo
Logo

त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने


दृष्टि संवाददाता


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने पक्का भएको छ । स्कटल्याण्डमा जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको हो ।

नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेलले जुलाईमा प्रतियोगिता हुने पक्का भए पनि मिति भने पछि तय हुने बताए । कोरोना महामारीका कारण यसअघि नै तय भएको सिरिज स्थगित भएको थियो ।

स्पेनमा हुने प्रतियोगिताको विषयमा सोमबारसम्म क्यानले २० खेलाडी छनोट गर्ने तयारी गरेको पनि जनाइएको छ । लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोड्दै छैटौं स्थान बनाएकाे छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो । ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका थियो ।

प्रतिक्रिया दिनुहोस्