Logo
Logo

वेस्टइन्डिज र बंगलादेश सिरिजका लागि अष्ट्रेलियन टिमको घोषणा


दृष्टि संवाददाता


काठमाडाैं । अष्ट्रेलियाले वेस्टइन्डिज र बंगलादेशसँगको सिरिजका लागि प्रारम्भिक टिमको घोषणा गरेको छ । आरोन फिन्चको कप्तानीमा २९ सदस्यीय टिम घोषणा गरिएको हो । ६ जना नयाँ खेलाडीलाई पनि पहिलो चरणमा छनोट गरिएको छ ।

कोरोना महामारीका कारण धेरै संख्यामा खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । बेन डेरमोट, डान क्रिष्टियन, क्यामरन ग्रिन, एस्टोन टर्नर, वेस अगर र नाथन इल्स नयाँ खेलाडीको रुपमा छन् । अस्ट्रेलियन टिम वेस्टइन्डिजविरुद्धको सिरिजका लागि जुन २८ तारिखमा प्रस्थान गर्ने छ ।

अस्ट्रेलियाले जुन ९ तारिखमा पहिलो टी २० खेल्ने छ । यसैगरी १० तारिखमा दोस्रो, १२, १४ र १६ तारिखमा गरि पाँचा टी २० खेल्ने तालिका छ ।त्यसपछि २० जुलाईमा पहिलो एक दिवसीय हुने छ भने २२ र २४ मा गरि तीन वटा एक दिवसीय खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्