Logo
Logo

कांग्रेस र माओवादी सरकारमा जाँदै, पाँच मन्त्रीलाई आजै सपथ


दृष्टि संवाददाता


काठमाडौं । उपेन्द्र यादव समूहको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व गर्दै आएको प्रदेश २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएका छन् ।

कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउतले आजै मन्त्रिपरिषद विस्तार गर्दैछन् । जसमा कांग्रेस तीन र माओवादी दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएका छन् ।

बुधबार जसपा यादव समूह, कांग्रेस र माओवादीबीच मन्त्रालयको बाँडफाँटको सहमति भएसँगै प्रदेश २ मा मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो । तर, कांग्रेस र माओवादीले पाउने मन्त्रालय भने टुङ्गो लागेको छैन ।

मुख्यमन्त्री राउतले महन्थ ठाकुर समूहका एक मन्त्री र तीन राज्यमन्त्रीलाई सरकारबाट बर्खास्त गरिसकेको छन् ।

प्रतिक्रिया दिनुहोस्