Logo
Logo

कोरोनिल किट नेपालमा वितरणमा रोक


दृष्टि संवाददाता



काठमाडौं ।
भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठले उत्पादन गरेको कोरोनिल किट नेपालले वितरणमा रोक लगाएको छ ।

कोरोनाभाइरसविरुद्ध पर्याप्त प्रभावकारी नभेटिएको भन्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले वितरणमा रोक लगाएको हो ।
विभागले पतञ्जलीले उपहारस्वरुप दिएका ती किट नेपालको औषधि व्यवस्था विभागमा दर्ता नभएको समेत जनाएको छ । पतञ्जलीको तर्फबाट नेपाललाई उपहारस्वरुप गतसाता १५०० किट तत्कालिन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई बुझाइएको थियो ।

विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले उक्त किटले स्वास्थ्यमा असर नपर्ने देखिएपनि विभागमा दर्ता नभएकाले वितरण नगर्ने निर्णय गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्