Logo
Logo
संवैधानिक इजलास

‘फलानोले मत प्राप्त गर्न सक्दैन भन्न राष्ट्रपतिले मिल्छ ?’


दृष्टि संवाददाता


काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि बहुमत सांसदको हस्ताक्षर बुझाउँदा बुझाउँदै अस्वीकार गरेको प्रति राष्ट्रपतिमाथि प्रश्न उठाएका छन् ।

बुधबार प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक सांसदहरुको पक्षबाट संवैधानिक इजलासमा बहस गर्दै उनले प्रश्न गरे, ‘बहुमत हस्ताक्षर आउँदाआउँदै आधार पुग्दैन भन्ने आधार के हो ? आधार खोज्न परे संसद जानू पर्दैन ?’

धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवाले गरेको रावी राष्ट्रपति विद्या भण्डारीले अस्वीकार गरेको भन्दै आधार खोजेका हुन् ।

संविधानको धारा ७६ (५) मा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरे राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नैपर्ने बाध्यकारी व्यवस्था रहेको थापाले दावी गरेका छन् । ‘प्रतिनिधिसभामा नपुगिकन विश्वास मत फलानोले प्राप्त गर्न सक्दैन भनेर राष्टपतिले भन्न मिल्छ र ?’ उनको प्रश्न थियो । उनले राष्ट्रपति प्रतिनिधसभामै नगईकन आफैंले निर्णय गर्न पाउने अधिकार नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्