Logo
Logo

अमेरिकाले भन्यो, ‘नेपालमा कोरोना जोखिम कायमै’


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणको अझै जोखिम रहेको भन्दै अमेरिकाले नेपालमाथि लगाएको यात्रा प्रतिबन्धलाई कायमै राखेको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले नयाँ सूचना जारी गर्दै नेपालसहित भारत, पाकिस्तान लगायतका मुलुकमा लगाइएको प्रतिबन्ध कायम राखेको हो ।

सीडीसीले नेपालमाथि लेभल–४ को ट्राइभल एड्भाइजरी जारी गरेको हो । सीडीसीले यात्रा गर्न सकिने देशहरुको सूचीमा परिवर्तन गर्दै केही खुकुलो बनाएको छ ।

जापान लगायतका पाँच दर्जनभन्दा बढी देशलाई भ्याक्सिनको पूर्ण डोज लगाएपछि मात्र भ्रमण गर्न मिल्ने सूचीमा राखिएको छ । ६४ वटा देशमा भ्याक्सिन लगाएरै यात्रा गर्न सकिने भनिएको छ । जुलाइ २३ देखि जापानमा ओलम्पिक सुरु हुने भएकाले अमेरिकाले भ्रमण नीतिमा केही खुकुलो बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्