Logo
Logo

प्रधानमन्त्री ओली आफैँले राखे रक्षा मन्त्रालय


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सात मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नयाँ नियुक्त मन्त्रीहरुको सपथग्रहण आजै अपरान्ह ४ बजे हुने भएको छ ।

फाइल फाेटाे

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय भने आफैँले राखेका छन् । आज विस्तार गरेको मन्त्रिपरिषदमा गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापालाई नियुक्त गरेका छन् ।

त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र आशा विक, वनराज्यमन्त्रीमा नाम तय भएको छ । रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओली आफैँले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्