Logo
Logo

जसपा सरकारको झल्को दिने एमाले सरकार !

२५ सदस्यीय मन्त्रिपरिषदमा एमालेका १४ र जसपाका ११ जना


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्री केपी ओली ओलीले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । आज हुन लागेको मन्त्रिपरिषद विस्तारमा प्रधानमन्त्री ओलीले जसपाबाट थप एक जना मन्त्री थपेका छन् ।

यसअघि राजेन्द्र महतोको नेतृत्वमा जसपाबाट ८ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरिएका थिए । प्रधानमन्त्रीले आज जसपाका राजकिशोर यादवलाई उद्योगमन्त्री बनाएका छन् ।

जसपाको ३४ सांसदमध्ये २० जना ठाकुर पक्षमा लागेका ११ जना मन्त्री भएका छन् । जसपाले मन्त्रीपरिषदमा झण्डै एमालेकै हिस्सा पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा एमालेका १४ र जसपाका ११ जना रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्