
एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा वेल्सले पहिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो । बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे ।

खेलको ४३ औं मिनेटमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयको पाँचौ मिनेटमा रोबर्ट्सले गोल गर्दै वेल्सलाई २-० को जित दिलाए । ६१ औं मिनेटमा कप्तान बेलले पेनाल्टीमा गोल गर्न सकेनन् ।

वेल्सले ४० वर्षयता टर्कीलाई हराउन सकेको थिएन । १९८१ मा मा भएको विश्वकप छनोटमा वेल्सले अन्तिम पटक टर्कीलाई १-० ले पराजित गरेपछि बुधबार दोस्रो पटक पराजित गरेको हो ।
जीतसँगै वेल्सको अन्तिम १६ को यात्रा बलियो बनेको छ ।











