Logo
Logo

कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।

शुक्रबार बसेको एमाले ओली पक्षको संसदीय दलको बैठकले सरकारबाट बाहिरिन निर्देशन दिएको हो । कर्णाली प्रदेश सरकारमा माधव पक्षका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा मन्त्री रहेका छन् । उनीहरुलाई पदबाट राजीनामा दिन निर्देशन दिइएको हो ।

अन्तिरिम आदेशपछि पुनर्बहाली भएर पुनः एमालेमै फर्किए पनि संसदीय दलको बैठकमा बारबार आमन्त्रण गर्दा समेत उपस्थित नभएको र माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भइ आफ्नो पार्टीको निर्णय नमानेको भन्दै राजीनामा दिन निर्देशन दिएको एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

प्रकाश ज्वालासहित तीन मन्त्रीहरुले गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । पार्टीको निर्णय उल्लंघन गरेको भन्दै एमालेले उनीहरुको सांसद पद बर्खास्त गरिदिएको थियो ।

त्यस्तै बैठकले संसदीय दलका नेता कँडेललाई प्रदेशसभा सदस्यलाई गरिएको कारबाहीका सम्बन्धमा सर्वोच्च अदालतले गत जेठ ३१ गते पठाएको पत्रअनुसार लिखित जवाफ दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्