Logo
Logo

उद्धारमा गम्भीर हुन र घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन प्रधानमन्त्रीको निर्देशन


- दृष्टि न्युज/संवाददाता



काठमाडौं , १८ चैत्र ।

प्रधानमन्त्री केपी ओलीले बारा र पर्सामा भीषण आँधी हुरीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आइतबार राती सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् ।

हावा हुरी र असिनासँगै भएको वर्षाले मध्य तराइको बारा, पर्सा र रौतहटमा ठुलो धनजनको क्षति भएको छ । आइतबार साँझ हावाहुरीका कारण बारा जिल्लाको विभिन्न ठाउँमा कम्तीमा २४ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् भने २०० भन्दा बढी घाइते भएको अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओलीले मृत्यवरण गर्नेहरुप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।

उनले उद्धारमा सुरक्षाकर्मीरु परिचालन भैसकेको जनाउँदै सोमबार बिहानबाट उद्धारका लागि हेलिकोप्टर समेत तयारी अवस्थामा राखिएको जनाएका छन् । उनले उद्धारमा गम्भीर हुन र घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन निर्देशन समेत दिएका छन् ।

ट्विट मार्फत प्रधानमन्त्री ओलीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनामा २५ जनाको मृत्यु भएको र ४०० जना घाईते भएको उल्लेख गरेका छन । प्रधानमन्त्रीले घाइतेको उद्धारमा खटिन सम्पूर्ण पार्टी पंक्तिलाइ समेत अपिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस्