Logo
Logo

निर्माताले अलंकृतालाई राती अश्लिल म्यासेज गरेपछि…


दृष्टि संवाददाता


बलिउड । बलिउड नायिका अलंकृता सहायले एक पञ्जाबी फिल्ममा काम नगर्ने निर्णय गरेकी छिन् । फिल्म निर्माताले गरेको खराब व्यवहारका कारण फिल्मबाट बाहिरिने निर्णय गरेको बताइएको छ ।

समाचार अनुसार ‘फुफ्फड’ नामक फिल्म मार्फत अलंकृता पञ्जाबी फिल्ममा डेब्यु गर्ने तयारीमा थिइन् । सुटिङ सुरु नहुँदै निर्माताले गरेका भद्दा र अश्लिल टिप्पणी उनलाई मन परेन र फिल्म छोडिन् ।

हिन्दुस्तान टाइम्ससंग कुरा गर्दै अलंकृताले भनेकी छिन् ‘टिम त राम्रो थियो तर, निर्माता खराब रहेछन् ।’ २७ वर्षीय यी नायिकालाई निर्माताले केही अनाधिकृत प्रस्ताव राखेपछि उनले फिल्म छाडेकी थिइन् ।

खासमा निर्माताले गर्ने म्यासेजदेखी उनी दिक्क थिइन् । ‘ति निर्माताले मलाई यस्तो म्यासेज गरे । मैले आफ्नो स्वाभिमान गुमेको महसुस् गरेँ र फिल्म छाडेँ ।’ अलंकृताले भनेकी छिन् । उनले चर्चामा आउनका लागि नभई खराब मान्छेको संगतै नगर्नु उचित हुने भएकाले फिल्म छाडेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्