Logo
Logo

दुबईमा युवती पठाउने बिमला पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २० चैत ।
दुबईमा युवती पठाउने एक महिला पत्राmउ परेकी छिन् । पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेण्ट मेनपावर कम्पनीमा काम गर्ने बिमला थापालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।


उनले २ ालख ४० हजार रुपैयाँ लिएर दुई युवतीलाई दुबई पठाउने प्रयास गरेकी थिइन् । तर ती युवतीलाई अध्यागमन कार्यालयले फिर्ता पठाइदिएको थियो ।

धनुषा मिथिला बिहारी न.पा. २ बस्ने मोहम्मद गुलाम राईन र ए सबिर राईनले उनीविरुद्ध उजुरी दिउका छन् ।
पक्राउमा परेकी बिमला थापा समेतले अन्य ब्यक्तीहरु समेतलाई बैदेशिक रोजगारीको लागि वर्किङ भिषामा पठाउने भनि भिजिट भिषामा पठाई रकम लिई ठगी गरेको हुन सक्ने भएकाले उजुरी गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्