काठमाडौं । नेकपा एमालेको एकताका लागि गठित कार्यदल आज पनि ‘अन्तिम सहमति’मा पुग्न सकेन । यद्यपि भोलिसम्म सहमतिमा पुर्याउने प्रयास हुने नेताहरुले बताउका छन् ।
यसअघि शुक्रबार झण्डै ८ घण्टा भएको छलफलपछि नेताहरूले कार्यदलमा सहमति भएको र शनिबार अन्तिम रुप दिने बताएका थिए । तर, शनिबार पनि कार्यदल सहमति सार्वजनिक गर्ने तहमा पुग्न सकेन ।
कार्यदल सदस्य गोकर्ण विष्टले भने अब आइतबार सहमति हुने दाबी गरे । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आइतबार एकताको सन्देश दिने जिकिर गरे । शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो ।
उनले भने, ‘अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौं। अब हामीसँग छलफलका त्यति धेरै विषय छैनन् । लगभग हामी समस्यालाई समग्रतामै समाधान खोज्ने विन्दुमा आइपुगेका छौं, औपचारिकता दिलाउने काम मात्र बाँकी छ। त्यो भोलि हुन्छ।












