Logo
Logo
सर्वोच्च बारकाे निष्कर्ष

ओलीकाे अभिव्यक्तिले न्यायपालिकामाथि आँच पुग्यो


दृष्टि संवाददाता


काठमाडाैं । सर्वोच्च अदालत बार एशोसिएशनले संसद विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलालाई लिएर एमालेका ओली पक्षका नेताले दिएकाे अभिव्यक्तिप्रति आपत्ति जनाएकाे छ ।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनका समर्थकका अभिव्यक्तिबाट स्वतन्त्र न्यायपालिकामाथि गम्भीर रुपमा आँच पुगेको बताएका हुन् ।

प्रधानन्यायाधीको पुत्ला दहन गर्ने र पदीय मर्यादामाथि गम्भीर आक्षेप लगाइ गाली गलौज गर्ने, भ्रम सिर्जना गर्ने, अफवाह फैलाउने लगायतका क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा भनिएकाे छ ।

‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँका कार्यकर्ताद्वारा अदालतको आदेशका विरुद्ध भ्रम तथा अफवाह फैलाउने उद्देश्यले अभिव्यक्त गरिएका ‘जहानियाँ राणा शासन शैली, प्रधानमन्त्री तोक्ने विश्वमा नभएको जात्रा, संविधान र जनतामाथि अतिक्रमण, अदालतद्वारा च्यातिएको/भत्किएको संविधान लिकमा नआएसम्म आन्दोलन कायम रहने’ लगायतका अन्य अति अशोभनीय आक्रामक शैलीप्रति यो बार क्षोभ प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया दिनुहोस्