Logo
Logo
एमाले विवाद

एमाले स्थायी कमिटी बैठक सुरु, माधव पक्ष र बामदेव अनुपस्थित


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सुरु भएको छ । बैठकमा माधव पक्षका नेताहरुमा सहभागी छैनन् । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम समेत सहभागी भएका छैनन् ।

आजको बैठकमा माधव पक्षलाई पनि खबर गरिएको थियो । तर, वरिष्ठ नेता माधव नेपाल पक्षले सहमतिबिना बोलाइएको कुनैपनि बैठकमा सहभागी नहुने अडानमा छ । सोहीअनुसार आजको बैठकमा पनि सहभागी नभएको नेपाल पक्षका नेता रघुजी पन्तले बताएका छन् ।

एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नेछ ।

विघटित कार्यदलका सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर शनिबार बैठक रोक्न आग्रह गरेका थिए । तर, अध्यक्ष ओलीले बैठक रोक्न नसकिने जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्